झापा । भद्रपुर नगरपालिका वडा नम्बर ६ को रिलायन्स टी इन्डस्ट्रिज (पुरानो खुस्बु टी स्टेट) मा आलगलागी भएको छ ।
उद्योगको दाउरा गोदाममा आज अपरान्ह ३ बजेबाट आगालागी भएको उद्योगका संचालक जेपी शर्माले बताए । भद्रपुर, बिर्तामोड र मेचीनगरका बारुण यन्त्रले आगो निभाइरहेका छन् ।
साँझ साढे ६ बजेसम्म पनि आगो पूर्ण नियन्त्रणमा आइनसकेको प्रहरीले जनाएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरी आगो निभाउन खटिएका छन् । आगलागीबाट के कति क्षति भयो भन्ने खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।