झापा । विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड १९) को प्रकोपलाई मध्यनजर गर्दै बाह्रदशी गाउँपालिकाले वडा नम्वर ७ स्थित डाँगीबारी स्वास्थ्य चौकीको पुरानो भवन र वडा नम्वर ५ को खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको भवनमा दुई वटा आइसोलेसन कक्ष तयार गर्ने निर्णय गरेको छ ।

गाउँपालिका अध्यक्ष खड्गप्रसाद राजवंशीको अध्यक्षतामा बसेको विपद् व्यवस्थापन समितिको बैठकले यस्तो निर्णय गर्दै गाउँपालिकाका दुई स्थानमा आइसोलेसन कक्ष र वडा नम्वर १ को खयरबारीमा हेल्प डेस्क राख्ने निर्णय गरेको हो । सोही निर्णय बमोजिम बाह्रदशी गाउँपालिकामा कोरोना भाइसरको प्रकोप नियन्त्रणका लागि आइसोलेटेड बेड र हेल्प डेस्क स्थापना गर्न लागिएको गाउँपालिकाका योजना शाखा प्रमुख तेजप्रसाद रेग्मीले जानकारी दिनुभयो ।

भारतबाट नेपाल प्रवेश गरेका मानिसलाई गाउँपालिकाको वडा नम्वर १ स्थित खयरबारीमा परीक्षण गरिने र शरीरको तापक्रम एक सय डिग्रीभन्दा माथि भएको खण्डमा आइसोलेटेड कक्षमा पठाउने निर्णय भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्रप्रसाद दाहालले जानकारी दिनुभयो ।

विपद् व्यवस्थापन समितिको बैठकले कोरोना रोग नियन्त्रणमा प्रभावकारी भूमिका निवार्ह गर्न स्थानीय समन्वय समिति समेत गठन गरेको छ । गाउँपालिका अध्यक्ष खड्गप्रसाद राजवंशीको अध्यक्षतामा समिति ठगन भएको हो ।

समितिको उापध्यक्षमा गाउँपालिकाकी उपाध्यक्ष रत्नाकुमारी राजवंशी रहनु भएको छ भने सदस्यहरुमा सातै वडाका वडाध्यक्षहरु १ शम्भूसिंह राजवंशी,२ यादव मिश्र, ३ विरेन्द्रप्रसाद राजवंशी, ४ समिम मिया, ५ भुपेन्द्र कटुवाल,६ सत्नप्रकाश योङ्हाङ्ग र ७ नम्वर वडा अध्यक्ष मित्रप्रसाद भट्टराई रहनुभएको छ ।

त्यस्तै कार्यपालिका सदस्य मिना विश्वकर्मा, जानकी खड्का, प्रेमकुमार शिवाकोटी, लिलोवती राजवंशी, जयनाथ मेचे, अमित राजवंशी रहेका छन् ।

त्यस्तै वडा नम्वर ३ बाट समाजसेवी तोयानाथ पोख्रेल, ५ वाट ओमप्रकाश गौतम २ वाट पूर्णवहादुर कटुवाल, ६ वाट मधुराम पनेरु र ७ बाट भरत खरेल रहनुभएको छ ।

समितिमा नेपाल रेडक्रस सोसाइटी बाह्रदशीका सभापति दयानन्द गोश्वामी, राजगढ स्वास्थ्य चौकी प्रमुख रविन कोइराला, चकचकी स्वास्थ्य चौकी प्रमुख रामनारायण शर्मा, डाँगीवारी स्वास्थ्य चौकी प्रमुख युवराज राजवंशी, घोडामारा प्रमुख अमृत पाठक र सदस्य सचिवका रुपमा स्वास्थ्य शाखा प्रमुख रामकुमार साह रहनुभएको छ ।

बैठकले गाउँपालिका अध्यक्ष राजवंशीकै अत्याक्षतामा ‘क्वीक रेस्पोन्स टिम’समेत गठन गरेको छ । गठित समितिको सदस्यहरुमा वाह्रदशी गाउँपालिका १ का अध्यक्ष शम्भूसिंह राजवंशी, ३ का वडा अध्यक्ष विरेन्द्रप्रसाद राजवंशी, ४ का समिम मिया, ७ का मित्रराज भट्टराई रहनुभएको छ ।

त्यस्तै शस्स्त्र प्रहरी बल भागुडुब्बा बेस क्याम्पका सशस्त्र प्रहरी निरीक्षक अमृतकुमार विश्वकर्मा, इलाका प्रहरी कार्यालय राजगढका प्रमुख दिडकुमार राउत, फूलबारी चौकीका प्रमुख नेपाल रेडक्रस सोसाइटी बाह्रदशी प्रमुख दयानन्द गोश्वामी सदस्य रहनुभएको छ ।

गाउँपालिकाले सार्वजनिक स्थानमा धेरै जना एकै पटक भेला नहुन र वडा कार्यालय, प्रहरी चौकी, स्वास्थ्य संस्था, लगायतका सार्वजनिक ठाउँमा पस्दा सावुन पनीले हात धोएर मात्र प्रवेश गर्न अनुरोध गरेको छ ।