अर्जुनधारा । नगरका जनतालाई अझ सचेत गराइदिन आग्रह गर्दै अर्जुनधारा जेसीज झापाले नगरमा रहेका मिडिया हाउसलाई हेन्डस् सेनिटाइजर र साबुन वितरण गरेको छ ।

जेसीजका अध्यक्ष भास्कर भट्टाराईले महामारी आफैँमा खतरा बन्दै गएकोमा मिडिया हाउसमार्फत जनचेतना छर्न बल पुग्छ भन्ने उद्देश्यले नगरमा स्थापित मिडिया हाउसमा पुगेर कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि हात धुने साबुन र हेन्डस् सेनिटाइजर वितरण गरिएको बताए ।

जेसीजका महासचिव वसन्त बुढाथोकीका अनुसार यलम्बर टाइम्स साप्ताहिक, मेरो रेडियो र न्युज सन्जाल डटकमलाई उक्त सामग्री वितरण गरिएको छ । उनका अनुसार अपाङ्ग बाल सरोकार केन्द्र कप्तानबारीमा पुगेर साबुन, सेम्पु र हेन्डस् सेनिटाइजर  वितरण गरिएकाे थियाे ।

यसरी नै शनिश्चरे बजारमा, शनिश्चरे मावि, अर्जुनधारा जलेश्वरधाम, महानन्द चोक र रमाइलो बस्तीमा हात धुनका लागि पानी टंकीसहित साबुन राखिएको छ ।

अभियानमा जेसीजका कार्यकारी उपाध्यक्ष सुरेश थापा, सदस्य प्रेम खड्का र कैशल भण्डारी सहभागी थिए ।