अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिकाले अत्यावश्यकीय तीन वटा कामबाहेकका सबै सेवा बन्द गरेको छ ।
कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि नगरपालिकाले सूचना टाँस गर्दै सेवाग्राहीलाई जानकारी गराएको हो । यसअघि सरकारले जारी गरेको अत्यावश्यकीय १९ वटा सेवामध्ये अर्जुनधारामा ३ वटा परेको छ । जसमा स्वास्थ्य, सरसफाइ र खानेपानीको सेवा रहेको छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पंकज भूर्तेलले जारी गरेको सूचनामा स्वास्थ्य सेवासम्बन्धी, फोहोरमैला व्यवस्थापन र खानेपानी व्यवस्थापनसम्बन्धी सेवाबाहेकका सबै सेवा बन्द गरिएको उल्लेख छ ।