0 Shares

इलाम । इलाम नगरपालिका ८ मा स्थानीयबासीले बाटो बन्द गराएका छ्न् ।

कोेरोना संक्रमण (कोभिड १९) का कारण देशभर लकडाउन हुँदा मोटरसाइकलमा ओहोरदोहोर बढी भएपछि स्थानीयले बाँस राखेर सूचनासहित बाटो बन्द गरेको स्थानीय रमेश भट्टराईले जानकारी दिनुभयो ।

नगरपालिकाको ग्रामीण सडकमा सवारी सञ्चालन गर्नेको संख्या बढी भएपछि स्थानीयले बाटो बन्द गराएका हुन् । अत्यावश्यक यातायातका साधन र ब्यक्तिलाई भने नरोकिने स्थानीय टंक सुवेदीले बताउनुभयो ।

भित्री सडक आसपास स्वास्थ्य परिक्षण गर्ने ब्यवस्था नभएकाले रोगको संक्रमण बढन सक्ने भन्दै स्थानीन त्रसित भएपछि बाटो बन्द गरिएको स्थानीय बताउँछन् ।