अर्जुनधारा । महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट बच्न र बचाउनका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अर्जुनधारा नगर कमिटीले साडे ५ हजार मास्क वितरण गरेको छ ।

पार्टी कार्यालयमा वडा कमिटीका अध्यक्षलाई उपस्थित गराएर एकमुष्ठरुपमा ११ वटा वडाका लागि मास्क वितरण गरिएको हो । नगरमा गठित वडाका प्रत्येक पाँच वटा टोल विकास समितिमा उक्त मास्क वितरण गरिने भएको छ ।

कार्यक्रममा पार्टीका जिल्ला सचिवालय सदस्य तथा नगर इन्चार्ज नारद दुःखी, नगर अध्यक्ष प्रेमसागर सापकोटा, राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य प्रत्युस रानामगरलगायतले मास्क हस्तान्तरण गरेका थिए । कार्यक्रमको सञ्चालन नगर कमिटी सचिव राजु शेर्माले गरेका थिए ।