झापा । कोरोना भाइरस (केभिड १९) बाट बेलायतमा एकैदिन ९ सय ३८ जनाको मृत्यु भएको छ । यससँगै यहाँ मृतकको संख्या ७ हजार ९७ पुगेको छ ।

वल्र्डोमिटरको पछिल्लो आँकडा अनुसार यहाँ एकैदिन ५ हजार ४ सय ९१ नयाँ संक्रमित थपिएका छन् । यो सँगै हालसम्म कूल संक्रमितको संख्या ६० हजार ७ सय ३३ पुगेको छ ।

संक्रमितमध्ये १ हजार ५ सय ५९ जनाको स्थिती गम्भीर छ भने हालसम्म १ सय ३५ जना निको भएर घर फर्किसकेका छन् । एजेन्सी