काठमाडौँ । भारतमा कोरोनाभाइरस संक्रमितको संख्या तीव्र गतिमा बढ्न थालेको छ। पछिल्लो पाँच दिनमा औषत एक हजारको दरमा संक्रमित बढिरहेका छन्। त्यहाँ कूल संक्रमितको संख्या १४ हजार ३५२ पुगेको छ।

शुक्रबार एकै दिन ९२२ नयाँ संक्रमित भेटिएका थिए। बिहीबार १०६० संक्रमित भेटिएका थिए। गएको सोमबार एकै दिन सबैभन्दा बढी एक हजार २४८ संक्रमित भेटिएका थिए।

भारतमा अहिलेसम्म ४८६ जनाले ज्यान गुमाएका छन् भने दुई हजार ४१ जना निको भएका छन्। त्यहाँ कोरोनाभाइरस संक्रमितको मृत्युदर १९ प्रतिशत छ।

शुक्रबार ३८ जनाले ज्यान गुमाए। यो अघिल्ला दुई दिनको भन्दा बढी संख्या हो। बिहीबार र बुधबार दुई दिन क्रमशः २६ र २९ जनाले ज्यान गुमाएका थिए।

गएको ९ अप्रिलमा एकै दिन सबैभन्दा बढी ४९ जनाले ज्यान गुमाएका थिए। त्यस यता मृत्युदर भने केही कम भएको छ।