इटहरी । मापदण्डविपरीत स्यानिटाइजर बनाएर बिक्री गरेको आरोपमा प्रहरीले सुनसरीको इटहरी उपमहानगर ४ का अतीत गुरागाईंलाई पक्राउ गरेको छ ।

मनकामना टोलस्थित सौर्य केमिकलका सञ्चालक ३० वर्षीय गुरागाईंलाई प्रहरीले पक्राउ गरेको हो । कुनै निकायबाट अनुमति नलिइकन गुणस्तरहीन ह्यान्ड स्यानिटाइजर उत्पादन गरेर बिक्री गरेको उनीमाथि आरोप छ ।

उनले बिक्रीका लागि तयारी अवस्थामा राखेको ३ सय एमएलको २ सय ८५ वटा बोतल प्रहरीले बरामद गरेको छ ।यसैगरी कम्पनीबाट उत्पादित स्यानिटाइजर गुणस्तर घटाएर बेच्ने इटहरी ६ का ४५ वर्षीय जीत गोस्वामीलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

उनले बजार मूल्यभन्दा बढीमा सामान बेचेको पनि प्रहरीको आरोप छ । उनीहरुलाई नियन्त्रणमा लिइ कालोबजार तथा केही सामाजिक अपराध तथा सजाय ऐन २०३२ अनुसार जिल्ला प्रशासन कार्यालय सुनसरीबाट मंगलबार म्याद थप गरी अनुसन्धान भइरहेको इलाका प्रहरी इटहरीका निरीक्षक मानप्रसाद श्रेष्ठले बताए । कान्तिपुरबाट