0 Shares

काठमाडौं । गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष शेष घलेले सरकारले स्थापना गरेको कोरोना उपचार तथा नियन्त्रण कोषमा ३ करोड रुपैयाँ सहयोग गरेका छन् ।

घले र उनकी पत्नी जमुना गुरुङको नाममा रहेको एमआईटी ग्रुप फाउण्डेसनले कोरोना उपचार तथा नियन्त्रण कोषमा ३ करोड रुपैयाँ सहयोग गरेको हो ।

आइतबार प्रधानमन्त्री कार्यालयका सचिवलाई कोषका प्रतिनिधिहरुले सहयोग रकमको चेक हस्तान्तरण गरेको जानकारी दिइएको छ । आफूहरु स्वयं उपस्थित हुन चाहेपनि यात्रामा भइरहेको अवरोधका कारण नसकेको गुरुङले जनाएका छन् ।

वक्तव्य जारी गर्दै फाउण्डसेनका अध्यक्ष शेष घलेले भनेका छन, ‘आशा छ, यो रकम नेपाल सरकारले कोरोना नियन्त्रण र निर्मूलका लागि परीक्षण, निगरानी र उपचारका लागि खर्च गर्न सदुपयोग गर्नेछ ।’