झापा । जर्मनीमा लकडाउन खुकुलो भएसंगै कोरोना संक्रमितको संख्या बढेको छ ।

रोबर्ट कोच इन्स्टिच्यूट नाम एक संस्थाका अनुसार लकडाउन खुकुलो बनाएपछि संक्रमणको रिप्रोडक्सन दर अर्थात एक जना संक्रमित व्यक्तिले अरु सामान्य मानिसलाई संक्रमण सार्ने दर बढेको छ ।

अहिलेको अवस्थामा यो दर एक भन्दा बढी छ । यसले लकडाउन खुकुलो भएसंगै जर्मनीमा कोरोना संक्रमणको दर बढेको देखाएको छ ।

शनिवार मात्रै लकडाउन अन्त्य गर्नु पर्ने माग गर्दै हजारौं जर्मन नागरिक भेला भएका थिए ।

जर्मन चान्सलर एञ्गेला मर्केलले १६ राज्यका नेताहरुसंग छलफल गरे देशव्यापी लकडाउन खुकुलो बनाउने निर्णय गरेकी थिइन ।

जर्मनीमा अहिले सबै पसल खुल्न अनुमति दिइएको छ भने विद्यालय विस्तारै खुल्दै छन् । जर्मन बुन्डेस लिगा पनि अर्को साताबाट पूनः शुरु हुंदैछ ।

अरु यूरोपेली मुलुक भन्दा जर्मनीले बृहत परीक्षण र लकडाउनलाई प्रभावकारी बनाएका कारण कोरोनाका कारण मृत्यु हुनेको संख्या कम गर्न सकेको बताइन्छ ।

जर्मनीमा कोरोना संक्रमितको संख्या १ लाख ७२ हजार नजिक पुगेको छ भने मृत्यु हुनेको संंख्या ७ हजार ५ सय बढी छ । (एजेन्सी)