झापा । भारतमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख ६५ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा ८ हजार ४४२ जना संक्रमित थपिएसँगै भारतमा कोरोना भाइरसको संक्रमण हुने मानिसको संख्या २ लाख ६५ हजार ९२८ पुगेको हो ।

एकै दिन अरू २६६ जनाको मृत्यु हुँदा ज्यान गुमाउनेको संख्या ७ हजार ४७३ पुगेको छ ।

एसियाली मुलुकमा सबैभन्दा बढी कोरोना भाइरसको संक्रमण देखिएको भारतमा संक्रमितमध्ये १ लाख २९ हजार ९५ जना संक्रमणमुक्त भएका छन् ।

कोराना भाइरस (कोभिड–१९) को संक्रमण फैलिने क्रम नरोकिएपछि भारतमा मार्च २४ देखिको लकडाउन पाँचौ चरण थप्दै जुन ३० सम्म पुर्‍याइएको छ । तर उक्त लकडाउन जुन १ देखि क्रमिक रूपमा खुकुलो बनाउँदै लगिएको छ । एजेन्सी