झापा । भारतमा एकै दिन २१ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण भएको छ ।

पछिल्लो २४ घण्टामा २१ हजार ९४८ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ६ लाख २७ हजार १६८ पुगेको छ ।

यस्तै एकै दिन ३७७ जनाको मृत्यु भएपछि भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १८ हजार २२५ पुगेको छ ।

एसियाली मुलुकमा सबैभन्दा बढी कोरोना भाइरसको संक्रमण देखिएको भारतमा संक्रमितमध्ये ३ लाख ७९ हजार ९०२ जना संक्रमणमुक्त भएका छन् । एजेन्सी