अर्जुनधारा । प्रतिपक्षी नेपाली कांग्रेसहितका चार दलले अर्जुनधारा नगरपालिकाको बजेट नीति तथा कार्यक्रम नगर केन्द्रीत भएको भन्दै असहमति जनाएका छन् ।

वडाको बजेट घटाएर नगर केन्द्रीत गर्न खोजिएको भन्दै राप्रपा, जनता समाजवादी र राष्ट्रिय जनमुक्ति पार्टीले असहमति जनाएका हुन् ।

चार दलले अविलम्व निर्णय सच्याउन माग गर्दै शुक्रवार अर्जुनधारा नगरपालिकामा ज्ञापन पत्र बुझाएका छन् ।नगरपालिकाले गरेको बजेट बिनियोजनप्रति वडाध्यक्षहरुले समेत असहमति जनाइरहेका बेला दलहरुको विरोध सुरु भएको हो ।

मागअनुसार सुनुवाई नभए चरणवद्धरुपमा आन्दोलनमा उत्रिने नेपाली कांग्रेस अर्जुनधारा नगरका सभापति हेमराज खरेलले बताए । ‘दलहरुसँग सामान्य छलफल समेत नगरी बजेट ल्याइएको छ’, सभापति खरेलले भने ।

दलहरुले कमिसनको लोभमा वडामा जाने बजेट नगरमा केन्द्रीत गरिएको आरोप पनि लगाएका छन् । नगरभित्रका खोलाबाट अवैधरुपमा भइरहेको ढुंगा, गिटी र वालुवाको निकासी रोक्न नगरपालिका रमिते बन्नु आश्यचर्यको विषय भएको ज्ञापन पत्रमा उल्लेख छ ।