काठमाडौं । विश्वभर १ करोड ४६ लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण भएको छ ।

एकै दिन २ लाख २० हजार ७३ जनामा संक्रमण देखिएसँगै सोमबार बिहान यो समाचार तयार पार्दासम्म विश्वभर संक्रमित हुनेको संख्या १ करोड ४६ लाख ४० हजार ३२६ पुगेको छ ।

वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ३१६ जनाको कोरोना संक्रमणबाटै मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ६ लाख ८ हजार ८५४ पुगेको छ ।

सोमबार यो समाचार तयार पार्दासम्म संक्रमणमुक्त हुनेको संख्या ८७ लाख ३० हजार ३४८ पुगेको छ ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा १ लाख ९९ हजार ८७ जनाको मृत्यु भएको छ । २६ लाख ६९ हजार ३८१ जना संक्रमित भएकोमा १५ लाख ८८ हजार ७८८ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरुमा १ लाख ९६ हजार ६११ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ४५ लाख ६९ हजार १४७ पुगेको छ । त्यसमध्ये २२ लाख १३ हजार १२९ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरूमा ७९ हजार ८९५ जनाको मृत्यु भएको छ । ३३ लाख ९७ हजार ३२८ जना संक्रमित भएकोमा २४ लाख ११ हजार ४५३ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरूमा १ लाख १७ हजार ८९१ जनाको मृत्यु भएको छ । ३२ लाख ६५ हजार २९९ जना संक्रमित भएकोमा २१ लाख २२ हजार ८६४ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरूमा १५ हजार २१० जनाको ज्यान गएको छ भने ७ लाख २४ हजार ७०२ संक्रमित छन् । संक्रमितमध्ये ३ लाख ८३ हजार ३१६ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १४५ जनाको मृत्यु भएको छ । १३ हजार ७४८ जना संक्रमित भएकोमा १० हजार ५७ जना संक्रमणमुक्त भएका छन् । एजेन्सी