झापा । मेचीनगर-२ का एक व्यक्तिलाई नचिनेको समुहले खुकुरी प्रहार गर्दा मृत्यु भएको छ ।

मेचीनगर–२ स्थित भृकुटीका करिव ५० वर्षका नारायण आचार्यलाई नचिनेको समुहले खुकुरी प्रहार गर्दा मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता एवम् डिएसपी राकेश थापाका अनुसार खुकुरी प्रहारबाट घाइते भएका आचार्यको बिर्तामोड लैजाने क्रममा बाटाेमै मृत्यु भएको हाे ।

प्रहरीका अनुसार शुक्रबार दिउँसो ४ बजेको समयमा भुकुटी बजारमा किराना तथा कपडा पसल गर्दै आइरहेका आचार्यलाई उनकै पसलमा खुकुरी प्रहार गरिएको थियो ।

यता प्रहरीले घटनामा संम्लग्न एक व्यक्तिलाई पक्राउ गरेको छ । उनको नाम प्रहरीले खुलाएको छैन । पक्राउ परेका व्यक्तिको बिषयमा अनुसंन्धान भइरहेकोले पुष्टि भएपछि उनको नाम खुलाउने डिएसपी थापाले बताए ।

आचार्यमाथि के कारणले खुकुरी प्रहार भयो अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।