भद्रपुर । सर्वसाधारण नागरिकलाई सुलभ ढंगले औषधीय सेवा दिने उद्देश्यले झापा भद्रपुरका सञ्चारकर्मी पंकजकुमार शर्माले शनिबारदेखि नागरिक फार्मेसी सञ्चालनमा ल्याएका छन् ।

दुई दशकभन्दा लामो समयदेखि आयुर्वेदिक स्वास्थ्यमा प्रशस्त अनुभव बटुलिसकेका शर्मा पहिलोपटक एलेपोथिक उपचारजन्य स्वास्थ्यमा संलग्न भएका हुन् ।

भद्रपुरकै युवा व्यवसायी विकास अग्रवालसँगको साझेदारीमा जिल्लाको सदरमुकाम रहेको भद्रपुर ७ को चन्द्रगढीमा नागरिक फार्मेसी सञ्चालनमा ल्याएको शर्माले बताए । लेखनाथ चोकमा आपूmले सञ्चालन गर्दै आएको पंकज आयुर्वेदिक औषधालयलाई पनि सोही स्थानमा स्थानान्तरण गरेको उनले बताए ।

‘सेवाग्राहीले एउटै छानामुनिबाट दुबै प्रकृतिको स्वास्थ्य सेवा सहज ढंगले प्राप्त गर्न सकून् भन्ने उद्देश्यले दुबै फार्मेसी एकठाउँ राखियो’, शर्माले भने, ‘हामी साधारण मानिसले पनि दुबै प्रकृतिका गुणस्तरीय सेवा प्राप्त गर्न सकून् भन्ने चाहन्छौ ।’

शर्माका अनुसार नागरिक फार्मेसीले औषधि व्यवस्था विभागबाट स्वीकृति प्राप्त सबैखाले औषधि सुपथ मूल्यमा सेवाग्राहीलाई उपलब्ध गराउने अर्का सञ्चालक विकास अग्रवालले बताए ।

पहिलो चरणमा १० लाख रुपैयाँ लगानी गरिएको नागरिक फार्मेसीले औषधि मात्र उपलब्ध गराउने नभई, विशेषत्र चिकित्सकको सेवा र ल्याबको सेवा पनि उपलब्ध गराउने सञ्चालक शर्माले बताए । शर्मा हिमालय टेलिभिजनका झापा सम्बाददाता ह’न् भने झापा उद्योग वाणिज्य संघका महासचिव पनि रहेका छन् ।