पाँचथर । दुई दशक लामो पत्रकारिता चटक्कै माया मारेर बाख्रा पालनमा लागेका सुरेन्द्र सुवेदी अहिले पाँचथर जिल्लामै उत्कृष्ट बाख्रापालकको रुपमा गनिन्छन् ।

आफ्नै गाउँमा फर्किएर व्यावसायिक बाख्रा पालन गरेर आयआर्जन गर्न सकिन्छ भन्ने सबैको उदाहरण उनी बनेका छन् । ग¥यो भने असम्भव केही छैन भन्ने कुरा उनको कर्मबाट पनि देखिन्छ ।

सधै समाचार लेख्न हतारो हुने सुवेदीलाई अहिले आफैँले पालेका बाख्रालाई घाँस हाल्नकै चटारो छ ।

सधै समाचारको स्रोत खोज्ने र पुष्टि गर्न ताउरमाउर गर्ने उनको दैनिकी बदलिएर अहिले बाख्रा र खसीलाई घाँस काट्ने, हाल्ने, खोले पकाउने र खुवाउनमै बित्छ ।

पत्रकारितालाई चट्क्कै छाडेर बाख्रा र्फाम खोलेका उनको फर्ममा अहिले खसीबोका किन्नको लागि ग्राहको भीडभाड नै हुने गरेको छ ।

उनले पालेका खसीहरुको अहिले काठमाडौको बजारसम्म पुग्ने गरेका छन् । यो संगै उनले अग्र्यानिक घाँस रोपेर आफ्नै बारीमा घाँसको उत्पादनसमेत थालेका छन् ।

खसीलाई खुवाउने कुँडो, दाना र घाँस काट्न प्रयोग गरीने मेशिनका लागि उनलाई बिभिन्न निकायले सहयोग गरेका छन् ।

सुबेदीले समृद्धिको यात्रा कृषि र पशुपालनबाट मात्रै सम्भव हुने भन्दै खेर गएको जमिनमा कृषि र पशुपालन गर्न युवाहरुलाई सुझाएका छन् ।

शहर बजारमा बसेर अग्र्यानिक खानेकुरा खान नपाईने भएको र अग्र्यानिक खेतीमा प्रवर्द्धन गर्न पनि कृषि पेशा आवश्यक भएको उनको भनाइ छ ।

काठमाडौको २२ वर्षे बसाई र पत्रकारिता छाडेपछि उनी आफ्नै गाउँ फर्किएर यस्तो ब्यवसायमा लागेका हुन् ।

सुवेदीले वृद्धवृद्धा अवस्थामा पुगेका बुवा आमालाई स्यहार सुसार गर्दै कृषि र पशुपालन पेशा अंगालेर घरको काम सघाउन थालेपछि बुवाआमा समेत दंग छन् ।

उनको बाख्रा फार्म जिल्लामै अहिले बाख्रापालन र कृषि अनुंसन्धानको लागि केन्द्र बन्ने देखिन्छ । सदरमुकाम नजिकै र सडकले जोडिएको ठाउँ भएकाले पनि उनको फार्म पुग्न त्यति असहज छैन ।

कृषि र पशुपालन क्षेत्रमा बेरोजगार युवालाई आकर्षित गराउँदै आफू पनि यस पेशामा लागिरहने उनको सोच छ ।

ब्यावसायिक रुपमा कृषि र पशुपालन क्षेत्रमा उन्ले गरेको योगदानलाई प्रोत्साहित गर्दे भेटेनरी अस्पताल पाँचथरले अनुदानसमेत दिएको छ ।

त्यसैले पनि कृषकले गरेको मेहनतलाई सरकारले पनि होस्टेमा हैँसे गरीदिए पक्कै पनि नेपालमा कृषि र पशुपालनतर्फ युवा आकर्षित हुन सक्ने थिए । इमेज खबरबाट