झापा । विश्वमा संक्रमितमध्ये एक करोड ६० लाख बढीले कोरोना जितेका छन् । हालसम्म दुई करोड ३५ लाख ७८ हजार पाँच सय ८१ संक्रमितमध्ये एक करोड ६० लाख ७१ हजार ६५ जना सफल उपचारपछि कोरोना पराजित गरेर घर फर्किएका छन् ।

पछिल्लो २४ घण्टामा मात्रै दुई लाख पाँच हजार चार सय ४१ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । हालसम्म विश्वमा आठ लाख १२ हजार एक सय ५७ जनाले कोरोनाका कारण ज्यान गुमाइसकेका छन् ।

एकै दिन चार हजार दुई सय ११ जनाको मृत्यु भएको छ । जम्मा संक्रमितमध्ये ६६ लाख ९३ हजार तीन सय ५९ जना उपचाररत रहेकोमा ६१ हजार सात सय छ जनाको अवस्था गम्भीर छ ।

कोरोनाका कारण सबैभन्दा बढी प्रभावित बनेको अमेरिकामा हालसम्म फेला परेका ५८ लाख ७३ हजार दुई सय ३७ संक्रमितमध्ये ३१ लाख ६२ हजार आठ सय १० जनाले कोरोना जितेका छन् । २५ लाख २९ हजार आठ सय ४७ जना उपचाररत रहेका छन् । उपचाररतमध्ये १६ हजार सात सय २९ जनाको स्वास्थ्य अवस्था खराव छ ।

अमेरिकामा एकै दिन ३१ हजार आठ सय नौ जना नयाँ संक्रमित थपिएका छन् । हालसम्म एक लाख ८० हजार पाँच सय ८० जनाले ज्यान गुमाइसकेका छन् ।

ब्राजिलमा जम्मा ३६ लाख पाँच हजार सात सय ८३ संक्रमितमध्ये २७ लाख नौ हजार छ सय ३८ जना उपचारपछि घर फर्किएका छन् । सात लाख ८१ हजार तीन सय ७३ जना उपचाररत रहेकोमा आठ हजार तीन सय १८ जनाको अवस्था चिन्ताजनक रहेको छ ।

पछिल्लो २४ घण्टामा मात्रै ब्राजिलमा २३ हजार ८५ संक्रमित थपिएका छन् । कोरोनाका कारण एक लाख १४ हजार सात सय ७२ जनाको मृत्यु भइसकेको छ ।

भारतमा जम्मा संक्रमण पुष्टि भएका ३१ लाख पाँच हजार एक सय ८५ जना मध्ये २३ लाख ३६ हजार सात सय ९६ जना उपचारपछि कोरोना जित्न सफल भएका छन् । सात लाख १० हजार छ सय ९७ जना उपचाररत रहेकोमा आठ हजार नौ सय ४४ जनाको अवस्था गम्भीर छ ।

भारतमा एकै दिन ६१ हजार सात सय ४९ जना नयाँ संक्रमित थपिएका छन् । हालसम्म ५७ हजार छ सय ९२ जनाले ज्यान गुमाइसकेका छन् ।

रसियामा नौ लाख ५६ हजार सात सय ४९ संक्रमितमध्ये सात लाख ७० हजार छ सय ३९ जना उपचारपछि घर फर्किएका छन् । एक लाख ६९ हजार सात सय २७ जना उपचाररत रहकोमा दुई हजार तीन सय जनाको अवस्था गम्भीर छ ।

एकै दिन चार हजार आठ सय ५२ जना नयाँ संक्रमित थपिएका छन् । रसियामा हालसम्म मृत्यु हुनेको संख्या १६ हजार तीन सय ८३ पुगेको छ । एजेन्सी