काठमाडौं । नेपालमा मंगलबार थप ८५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ३३ हजार ५३३ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले मंगलबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।

कहाँ कति थपिए ?
डा गौतमका अनुसार प्रदेश १ का जिल्लाहरुमा उदयपुरका एकजना, ओखलढुंगाका एकजना, खोटाङका एकजना, झाापका ५ जना, मोरङका ४३ जना, सुनसरीका १६ जना र सोलुखुम्बुमा २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै प्रदेश २ का जिल्लाहरुमा धनुषाका ४२ जना, पर्साका ४ जना, बाराका १७ जना, महोत्तरीका १७ जना, रौतहटका ४४ जना, सप्तरीका ३ जना, सर्लाहीका ५८ जना र सिरहाका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै बागमती प्रदेशका जिल्लाहरुमा काठमाडौंका १९९ जना, काभ्रेका ५ जना, चितवनका ३७ जना, दोलखाका ३ जना, धादिङका ८ जना, नुवाकोटका एकजना, भक्तपुरका १४ जना, मकवानपुरका २ जना, रामेछापका एकजना, ललितपुरका १९ जना र सिन्धुपाल्चोकका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै गण्डकी प्रदेशका जिल्लाहरुमा कास्कीका १३ जना, गोरखाका २ जना, तनहुँका ६ जना, नवलपरासी पूर्वका ४ जना, पर्वतका २ जना, लमजुङका एकजना र बाग्लुङका एकजनामा कोरोना पुष्टि भएको छ ।

यस्तै प्रदेश ५ का जिल्लाहरुमा अर्घाखाँचीका एकजना, कपिलवस्तुका २३ जना, गुल्मीका २ जना, दाङका १८ जना, नवलपरासीका ८ जना, पाल्पाका ४ जना, प्युठानका ४ जना, बर्दियाका ६ जना, बाँकेका १५ जना, रुपन्देहीका ६९ जना र रोल्पाका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै कर्णाली प्रदेशका जिल्लाहरुमा कालिकोटका ५ जना, जुम्लाका एकजना, दैलेखका ४ जना, मुगुका एकजना, सल्यानका ४ जना र सुर्खेतका ५ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै सुदूरपश्चिम प्रदेशका जिल्लाहरुमा अछामका १९ जना, कंचनपुरका १२ जना, कैलालीका १६जना र डडेल्धुराका २ जना, डोटीका ४५ जना, बझाङका ९ जना र बैतडीका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

२४ घण्टामा ३१३ जना कोरोना संक्रमणमुक्त
पछिल्लो २४ घण्टामा थप ३१३ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १९ हजार ११९ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

मन्त्रालयका अनुसार सोमबारसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १५७ पुगेको थियो । आज थप ७ जनाको कोरोनाले मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या १६४ पुगेको छ ।