विराटनगर । प्रदेश १ मा आज ९० जना कोरोना संक्रमित थपिएका छन् ।

थपिएका संक्रमितमध्ये मोरङमा ४६ जना छन् भने सुनसरीमा ३८ जना छन् । यस्तै, संखुवासभामा ४, इलाम र प्रदेश १ बाहिरका १–१ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा मात्र आज ३८ संक्रमित थपिएका छन् ।

तीमध्ये २० महिला र १८ पुरुषमा संक्रमण देखिएको छ । मोरङको कटहरीमा ३ महिला र ४ पुरुष र सुन्दरहरैचामा १ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार सुनसरीको दुहवीमा ४ महिला र ८ पुरुष, इटहरीमा २ महिला र ८ पुरुष, गढीमा २ महिला र २ पुरुष, रामधुनीमा ४ पुरुष, बर्जुमा ३ पुरुष, धरानमा १ महिला र २ पुरुषमा संक्रमण देखिएको छ ।

यस्तै, इनरुवामा १ महिला र १ पुरुष, संखुवासभाको खाँदबारीका ४ पुरुष, इलामको इलाम नगरपालिकाका १ महिला र प्रदेश १ बाहिरका १ पुरुषमा संक्रमण देखिएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३ हजार ३० पुगेको छ ।

प्रदेश १ बाट आज ८१ जना डिस्चार्ज भएका छन् । कोभिड १९ आईसोलेसन केन्द्र रंगेलीबाट ३६, मेची अस्पताल झापाबाट ९, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ६ जना, काली सदन आईसोलेसन विराटनगरबाट १ र होम आईसोलेसनबाट २९ जना डिस्चार्ज भएका छन् ।

प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या १ हजार ४ सय ९६ पुगेको छ । प्रदेश १ मा आज १ हजार ७७३ पीसीआर परीक्षण गरिएको छ । पीसीआर परीक्षण गरिएका मध्ये ३४ महिला र ५६ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । मन्त्रालयका अनुसार आजसम्म ८३ हजार ८७५ जनाको पीसीआर परीक्षण भएको छ ।