झापा । झापाको मेचीनगरमा थप तीन जनामा कोरोना भाइस कोभिड १९ को संक्रमण पुष्टि भएको छ ।

नगरपालिका सामाजिक विकास समिति संयोजक नवीन वरालका अनुसार वडा न २ का १५ र १६ वर्षीय दुईजना किशोरसहित २१ वर्षीय एक पुरुषमा संक्रमण पुष्टि भएको हो ।

संक्रमितहरु तीनै जना भारतबाट आएर झापाको मेचीनगर धुलावारीस्थित अतिथि सदनको क्वारेन्टिनमा बसेका थिए ।

भदौ ९ गते उनीहरुको पीसीआर परीक्षणका लागि थ्रोड स्वावको नमूना संकलन गरी धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको थियो । त्यहाँको परीक्षणमा उनीहरुका पीसीआर परीक्षण पोजेटिभ आएको हो ।

उनीहरुमा संक्रमण पुष्टि भएपछि १ नम्बर प्रदेश सरकारको अनुदान समेतमा मेचीनगर ११ स्थित स्वाथ्यय चौकीकोे नवनिर्मित भवनमा मेचीनगर नगरकार्यपालिकाको कार्यालयबाट व्यवस्थाापन गरेकोे आइसोलेसन सेन्टरमा राखिने बरालले बताए ।

योसँगै अब मेचीनगरमा कोरोनाबाट संक्रमितको संख्या १०९ पुगेको छ भने ९८ जना निको भएर घर फर्किसकेका छन् ।