विराटनगर । मोरङ कारागारमा तीन गुणा कैदीबन्दी छन् । कारागारको क्षमता ३ सय जनाको हो । तर, ९२० जना राखिएको छ ।
क्षमता भन्दाबढी कैदीबन्दी व्यवस्थापन गर्न समस्या भएको कारागार व्यवस्थापनले जनाएको छ ।
क्षमताभन्दा बढी कैदीबन्दीहरु हुँदा एउटै कोठामा धेरै जना राख्नुपर्ने बाध्यता छ । कोरोनाको जोखिमका बीच कैदीबन्दीको व्यवस्थापनमा समस्या भएको जेलर सुवासकुमार लामिछानेले बताए ।
जेलर लामिछाने कोरोना संक्रमण बाहिरबाट भित्रने भएकाले बाहिरबाट आउने नयाँ कैदिबन्दीहरुको पीसीआर टेष्ट गरेर मात्रै भित्र ल्याउने गरेको बताउँछन् ।
उनले क्षमता भन्दा बढी कैदीबन्दीहरु भएपनि कोरोना संक्रमण कसैमा नभएको र अहिले सम्म सुरक्षित रहेका बताए ।