झापा । नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट ज्यान गुमाउनेको संख्या १९५ पुगेको छ ।
शुक्रबार थप १२ जनाको मृत्यु भएसँगै संक्रमणको कारण ज्यान गुमाउनेको संख्या १९५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ८ पुरुष र ४ महिला गरी १२ जनाको ज्यान गएको जानकारी दिए ।
आज ३३४ महिला र ५९३ पुरुष गरी थप ९२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कुल संक्रमितमध्ये सक्रिय संक्रमितको संख्या १६ हजार १९ रहेको छ ।
कोरोनामुक्त हुनेको संख्या २० हजार २४२ पुगेको छ । शुक्रबार थप १६९ जना कोरोना संक्रमित निको भएका छन् ।