झापा । सशस्त्र प्रहरीको गोली लागेर साताअघि मृत्यु भएका झापा गाउँपालिकाका रसिकुल आलमको परिवारलाई राहत सहयोग दिइएको छ । गाउँपालिकाका तर्फबाट अध्यक्ष जयनारायण साह र उपाध्यक्ष कुन्तीदेवी बुढाथोकीले सहयोग रकम पीडित परिवारलाई हस्तान्तरण गरेका हुन् ।

गोरु काटेको विषयमा विवाद हुँदा स्थानीयले सुरक्षाकर्मीमाथि आक्रमण गरेपछि प्रहरीले गोली चलाउँदा आलमको मृत्यु भएको थियो । घटनापछि पीडित परिवारलाई राहतस्वरुप १० लाख दिने निर्णय स्थानीय प्रशासनले गरेको छ ।

गाउँपालिकाका तर्फबाट दिने भनिएको राहत पीडित परिवारलाई दिइएको हो । राहतस्वरुप आलम परिवारलाई ५८ हजार रुपैयाँ हस्तान्तरण गरिएको अध्यक्ष साहले जानकारी दिए ।

आलमका दुई छोरा, तीन छोरी र श्रीमती छन् । आर्थिक अवस्था कमजोर भएका आलमको परिवारमा जेठी छोरीको विवाह स्थानीय मुस्लिम अगुवाहरुले गरिदिने भएका छन् ।