भद्रपुर। कोरोना भाइरस संक्रमणका कारण झापामा रगतको अभाव देखिएपछि भद्रपुरमा आयोजित रक्तदान कार्यक्रममा ५ महिलासहित १ सय ५२ जनाले रक्तदान गरेका छन् ।

रोटरी क्लब अफ भद्रपुर, रोट्रयाक्ट क्लब, इन्टरयाक्ट क्लब प्रज्ञा एकाडेमीको आयोजना र रेडक्रस सोसाइटी भद्रपुर उपशाखाको सह–आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।

क्लबका अध्यक्ष आदित्य पराजुलीको सभापतित्व एवम् भद्रपुर वडा नम्बर ८ का अध्यक्ष गौरब (मनोज) सुब्बाको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो ।

रोट्रयाक्ट क्लब भद्रपुरका अध्यक्ष गिरीश शाक्यले स्वागत गरेको कार्यक्रममा क्लबका पूर्व अध्यक्ष टीकाराज ढकाल,जिल्ला प्रहरीका एसपी कृष्णप्रसाद कोइरालाले मन्तव्य राखेका थिए भने रोटरियन ईश्वर अधिकारीले कार्यक्रम सञ्चालन गरेका थिए ।