झापा । नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या ४२ हजार ८७७ पुगेको छ ।

बिहीबार थप १२ सय २८ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ४२ हजार ८७७ पुग्यो स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमका अनुसार आज ३९४ महिला र ८३४ पुरुष गरी थप १ हजार २२८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

विभिन्न ३९ प्रयोगशालामा गरिएको १३ हजार ४१३ जनाको परीक्षणमा थप १ हजार ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको उनले जानकारी दिए ।

कुल संक्रमितमध्ये सक्रिय संक्रमितको संख्या १८ हजार ४१३ रहेको छ ।

यता, नेपालमा कोरोनामुक्त हुनेको संख्या २४ हजार २०७ पुगेको छ । कूल संक्रमितमध्ये ५६ प्रतिशतले कोरोना जितेका हुन् । बिहीबार थप ९१७ जना कोरोना संक्रमणमुक्त भएका छन् ।