झापा । झापाको कमल गाउँपालिकाका थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जसमा कमल गाउँपालिकाका दुई महिला र चार पुरुषमा संक्रमण देखिएको हो । उनीहरूमा कोरोना संक्रमण पुष्टि भएको कमल गाउँपालिकाका अधिकृत इन्द्रप्रसाद अर्यालले जानकारी दिए ।
गएको भाद्र १५ गते ६६ जनाको स्वाब संकलन गरी पिसिआर परिक्षणका लागि पठाइएको थियो । जसमा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको अधिकृत अर्यालले जानकारी दिए ।
यो सँगै कमलमा कोरोना संक्रमितको संख्या ३१ पुगेको छ । आज संक्रमण देखिएका सबै कमल गाउँपालिका ३ केर्खाका हुन् ।