काठमाडौं । बिहीबार ललितपुरमा भएको झडपमा पत्रकारको ज्याकेट लगाएर प्रहरीलाई ढुंगा हान्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

महालक्ष्मी नगरपालिका १ का २१ वर्षीय अनिश महर्जन इमाडोलबाट पक्राउ परेका हुन् । महर्जनलाई अपराध महशाखाको टोलीले पक्राउ गरेको महाशाखा प्रमुख एसएसपी दीपक थापाले जानकारी दिए ।

उनी पत्रकार नभएको खुलेको छ । उनले प्रहरीलाई ढुंगा हानेको भिडियो सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान थालेको हो । महर्जनले प्रेस ज्याकेट लगाएर एक हातमा क्यामरा बोकेका छन् भने देब्रे हातले ढुंगा टिपेर प्रहरीमाथि प्रहार गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

पुल्चोकमा भएको झडप प्रकरणमा प्रहरीले महर्जनसहित १३ जनालाई पक्राउ गर्न सफल भएको छ ।