इलाम । इलामको देउमाई नगरपालिकामा पर्यटकको आकर्षण बढाउन फुल रोप्न उत्साहित पार्ने अभियान अन्तर्गत घरघरमा निशुल्क गमला बितरण गरिएको छ।

जितपुर सामुदायिक सिकाइ केन्द्र देउमाइ–८ इलामको ब्यबस्थापन तथा संयोजनमा यो अभियान सञ्चालन गरिएको हो। देउमाइ नगरपालिकाको वडा नं ८ जितपुरे बजार बाट वडा नं ९ को नवमी बजार सम्म मुख्य सडकले छोएका प्रत्येक घरमा गमला बितरण गरिएको थियो ।

बितरण कार्यक्रम इलाम जिल्ला समन्वय समिति प्रमुख गणेश बरालको प्रमुख आतिथ्यता, देउमाइ नगरपालिका शिक्षा तथा खेलकुद बिकास शाखा रुपेन्द्र न्यौपानेको विशेष आतिथ्यता तथा देउमाइ आठ वडाध्यक्ष चन्द्र मगर, सिकाइ केन्द्र अध्यक्ष राजेन्द्रकुमार दबाडीलगायतको उपस्थिति रहेको सँस्थाका सह सचिब अर्जुन मगरले बताए।

यस क्षेत्रमा झ्याउपोखरी, ढोलेदेबी अजम्बरे साथै नजिकमा पानीटार सिद्दिथुम्का लगायतका पर्यटकिय ठाउँहरु रहेका छन्।