विराटनगर । मोरङमा एकै दिन चार जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा मोरङमा चारजनाको मृत्यु भएको हो । मृत्यु हुनेमा दुईजना महिला र दुईजना पुरुष छन् ।

प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार विराटनगरका २ महिला र बुढीगंगा र धनपालथानका एक एक पुरुषको मृत्यु भएको हो ।

मोरङको धनपालथान गाउँपालिका ३ का ५५ वर्षीय पुरुष, बुढीगंगा ५ का ४५ वर्षीय पुरुष, विरानगर ४ र ११ का ६४ र ४३ वर्षीय महिलाको मृत्यु भएको हो ।

योसँगै प्रदेश १ मा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३९ पुुगेको छ । मृतकमध्ये प्रदेश १ स्थायी ठेगाना भएका २७ रहेका छन् । अन्य १२ जना प्रदेश १ बाहिरका छन् ।