झापा । झापामा शनिबार थप पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौंलागाईंका अनुसार दमक नगरपालिकाका वडा न २ र ८ का १ महिला र २ पुरुष, बिर्तामोड नगरपालिकाका वडा न २ का १ पुरुष र शिवसताक्षी नगरपालिकाका वडा न २ का १ पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

बिर्तामोड नगरपालिकाका संक्रमित व्यक्तिले अटो चालकहरूको स्वाब संकलन गर्दा स्वाब दिएको बुझिएको छ।

आज संक्रमण पुष्टि हुनेमा सबै स्थानीयबासी रहेका फोकल पर्सन चौंलागाईंले बताए । यो संगै झापामा कुल संक्रमितको संख्या ६४६ जना पुगेको छ भने ४८१ जना निको भएर घर फर्किएका छन् ।