ताप्लेजुङ । ताप्लेजुङको श्रीगंगा ७ लुम्लास्थित सावाखोलामा माछा मार्न गएका दुई जना खोलाले बगाएर बेपत्ता भएका छन्।

शनिबार साँझ पाँच बजेतिर खोलामा माछा मार्न गएका सितिङवा ७ सुरङछिमका ३२ वर्षीय सुर्यमान लिम्बू र ३६ वर्षीय सूर्य लिम्बू बेपत्ता भएका हुन्।

खोलामा बगेर दुई जना बेपत्ता भएको जानकारी पाएसँगै थप अनुसन्धान शूरु गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख डिएसपी महेन्द्रकुमार श्रेष्ठले बताए।