बिर्तामोड । गैर सरकारी संस्था शुरुवाती कोठा नेपालको प्रथम बार्षिक साधारणले नयाँ नेतृत्व चयन गरेको छ ।

शनिबार बिर्तामोडको आदर्श कलेज अफ म्यानेजमेन्टको सभाहलमा सम्पन्न साधारण सभाले ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

संस्थाले दिपक दासको अध्यक्षतामा ११ सदस्यीय कार्य समिति चयन गरेको छ । उपाध्यक्षमा प्रमिला बजगाई, सचिबमा रन्जन धमला, सहसचिबमा रोहित ओझा र कोषाध्यक्षमा रबिन पाठक रहेका छन् ।

सोही साधारण सभाले सदस्यहरुमा संगीता बस्नेत, गरिमा अधिकारी, निरज श्रेष्ठ, निर्मल निरौला, यज्ञराज कडरिया र सन्जोग खरेललाई चयन गरेको छ ।

यो संस्था २०७६ सालमा जिल्ला प्रशासन कार्यालय झापामा विधिवत दर्ता भइ कृषि, पर्यटन, उधमशिलता, शिक्षा, मानवीय उद्धार कार्य क्षेत्रमा संस्था क्रियाशील रहेको छ । सस्थापक अध्यक्ष सन्जय बस्नेतको अध्यक्षमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटी झापाका अध्यक्ष लोकराज ढकाल थिए ।

संस्थागत अवधारणा संस्थापक सचिव द्वारिका निरौलाले प्रस्तुत गरेको कार्यक्रममा वार्षिक प्रतिबेदन संस्थापक अध्यक्ष सन्जय बस्नेतले प्रस्तुत गरेका थिए । कोषाध्यक्ष रबिन पाठकले संस्थाको आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए ।

खुल्ला सत्रको स्वागत संस्थाकी सदस्य प्रमिला बजगाइँले गरेकी थिइन् भने कार्यक्रमको सञ्चालन संगीता बस्नेतले गरेकी थिइन् ।