ताप्लेजुङ । जिल्लाको सिरिजंघा गाउँपालिका ४ तेल्लोकस्थित नागदेवा लघु जलबिद्युत आयोजनाको पावर हाउसमा खसेको पहिरोमा परी सम्पर्कविहीन बनेका दुई जनाको शव फेला परेको छ ।

गएराति खसेको पहिरोमा पुरिएर बेपत्ता भएका ३० बर्षीय राजू लिम्वू र ५५ वर्षीय बिष्णु दाश थेवेको शव आज विहान फेला परेको हो । थेबे सो पावरहाउसका अपरेटर हुन् र लिम्बु थेबेको साथी रहेको प्रहरीले जनाएको छ । पहिरोले पावर हाउस पुर्दा विद्युत सेवा पनि अवरुद्ध बनेको छ ।

दुई दिनअघि सोही क्षेत्रको तावा खोलाले बगाउँदा बेपत्ता भएको दुई जनाको अवस्था अझै अज्ञात छ । उनीहरुको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।