हल्दिबारी (झापा) । झापाको हल्दिबारी गाउँपालिका वडा नं ५ धनुषटोलकी क्यान्सर रोगबाट पीडित रिना राईले आफ्नो जीवन बचाई दिन याचना गरेकी छिन् ।

निजी विद्यालयकी शिक्षिका समेत रहेकी रिना बिगत दुई वर्षदेखि मिर्गौलाको समस्या भएपछि उपचारको क्रममा रहँदा रहँदै गएको फागुन महिनादेखि देब्रे खुट्टामा समस्या देखिएको थियो । त्यसपछि उपचारका क्रममा चिकित्सकले घुँडामा क्यान्सर भएको पत्ता लगाएका थिए ।

क्यान्सरको उपचार गर्न आर्थिक अभाव भएपछि जीवन रक्षा गरिदिन उनले सार्वजनिक अपिल गरेकी हुन् । राईको जीवन बचाई दिन युवा एकता समाज हल्दिबारीले सहयोग रकम संकलन गर्न थालेको छ ।

युवा समाजका अध्यक्ष नरेन्द्रकुमार फागोले उपचारका लागि आर्थिक समस्या उत्पन्न भएकाले सबैसमक्ष सहयोगका लागि आग्रह गरेका छन् ।

सहयोग गर्न इच्छुक व्यक्ति तथा संघसंस्थाले सिटिजन बैंकमा खोलिएको खाता नं. ०६३०१०००००११००४१ मा जम्मा गर्न सकिने गरी प्रबन्ध गरिएको अभियानकर्मी युवा समाजका अध्यक्ष फागोले जानकारी दिए ।