झापा । सामसङले फ्ल्यागसिप प्रडक्टअन्तर्गत ग्यालेक्सी नोट २० र नोट २० अल्ट्रा स्मार्टफोन नेपाली बजारमा प्रस्तुत गरेको छ।

उक्त फोनले काम गर्न र गेम खेल्न थप सहजता प्रदान गर्नुका साथै ग्लालेक्सी नोट सिरिजले कम्प्युटरको जस्तै काम गर्न सक्ने भएकाले प्रो–गेमहरु सहजै खेल्न सकिने कम्पनीले जनाएको छ।

सामसङ नोटका एपको सहज एवं उपयोगी अनुभवबाट फोटो खिच्न, एडिट गर्न र आफ्ना आइडिया सेयर गर्न सहयोग पुग्ने कम्पनीले जनाएको छ। सामसङ नोट एपमा अटो सेभ तथा सिंकिङ क्षमता पनि रहेकाले यसले हातको लेखाइलाई आकर्षक अक्षरमा बदल्छ।

साथै पिडिएफमा भएका विषय वस्तुलाई सहजै हाइलाइट गर्न पनि सकिने तथा नोट एपमा भएका टेक्स्टलाई पिपिटिएसमा सहजै रुपान्तरण गर्न सकिने कम्पनीको विज्ञप्तिमा उल्लेख छ।

यसमा विन्डोज १० कम्प्युटरबाट सहजै एक्सेस गर्न सकिने कम्पनीको दाबी छ। अझै सहज रुपमा विन्डोज १० युक्त कम्प्युटरबाटै म्यासेज पठाउन, नोटिफिकेसन म्यानेज गर्न, फोटो सिंक गर्न, फोन गर्न र आगमन कल उठाउन सकिन्छ। आफूलाई मन परेको एपलाई कम्प्युटरको टास्कबार वा स्टार्ट मेन्युमा राख्न सकिने कम्पनीको भनाइ छ।

ग्यालेक्सी नोट २० सिरिजका फोनलाई स्मार्ट टिभीमा सहजै कनेक्ट गर्न सकिने कम्पनीले जनाएको छ। ग्यालेक्सी नोट २० को मूल्य एक लाख नौ हजार ९९९ र ग्यालेक्सी नोट २० अल्ट्राको मूल्य एक लाख ३९ हजार ९९९ रुपैयाँ छ।