विराटनगर । नेपालमा शुक्रबार थप १४ सय ५४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न ३९ प्रयोगशालामा गरिएको १० हजार ७०१ जनाको परीक्षणमा थप १४ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।
यससँगै संक्रमितको संख्या ५१ हजार ९१९ पुगेको छ, जसमध्ये सक्रिय संक्रमितको संख्या १४ हजार ९२५ रहेको छ ।
यता, नेपालमा कोरोनामुक्त हुनेको संख्या ३६ हजार ६७२ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ९७२ जना कोरोनालाई जितेर घर फर्किएका छन् । कुल संक्रमितमध्ये ७१ प्रतिशतले कोरोना जितेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।
कोरोनाबाट पछिल्लो २४ घण्टामा थप पाँच जनाको मृत्यु भएको छ । यससँगै संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ३२२ पुगेको छ ।