धरान । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमित एक कैदीबन्दीको मृत्यु भएको छ ।

सुनसरी जिल्ला रामधुनी ५ झुम्काका ४३ वर्षीय पुरुष कैदीबन्दीको शुक्रबार ४ बजेर ३० मिनेट जाँदा मृत्यु भएको हो । इनरुवा जिल्ला अस्पतालबाट रिफर भएका उनलाई शुक्रबार बिहान ११ बजेर ५४ मिनेट जाँदा प्रतिष्ठानको इमर्जेन्सीमा भर्ना गरिएको थियो ।

उनलाई शुक्रबार नै कोरोना संक्रमण भएको पुष्टि भएको थियो । बिगत १ वर्षदेखि झुम्का कारागारमा रहेका उनलाई बिगत १० दिनदेखि ज्वरो आएको थियो । २ दिनयता उनलाई खोकी लाग्ने र श्वासप्रश्वासमा कठिन भएपछि अस्पताल भर्ना गरिएको थियो ।

उनको शव कोरोना प्रोटोकल अनुसार व्यवस्थापन गरिने प्रतिष्ठानका प्रवक्ता डा दिनेश सापकोटाले जानकारी दिएका छन् ।