दमक । शनिबार साँझ दमकमा तास खेल्दै गरेका पाँच भुटानी शरणार्थी डेढ लाखभन्दा बढी रकमसहित पक्राउ परेका छन् ।
साँझ ६ बजेतिर दमक नगरपालिका ३ को बेलडाँगी २ शिबिरस्थित सेक्टर ए ४ हट नं.२४५ बस्ने मनु गुरुङको घरमा तास खेल्दै गर्दा उनीहरु पक्राउ परेका हुन् ।
पक्राउ पर्नेहरुमा सेक्टर न।ए४ हट न।२३२ बस्ने ३८ वर्षिय प्रकाश राई, सेक्टर न।बी ३ हट न. ३०५ बस्ने ३६ वर्षिय नरेश दाहाल, सेक्टर न. बी ४ हट न.३६६ बस्ने ३६ वर्षिय कुमार तामाङ, सेक्टर न. ई २ हट न. १०५ बस्ने बिर्खमान राई र सेक्टर न. बी २ हट न १९८ बस्ने २४ वर्षिय सन्तबीर तामाङ रहेका छन् ।
घरधनी काठमाण्डौमा भई खाली घरमा तास खेलिरहेको बिशेष सूचनाको आधारमा गएको ईलाका प्रहरी कार्यालय दमकबाट प्रहरी टोलीले पक्राउ गरेको हो ।
उनीहरुको साथबाट एक लाख सन्ताउन्न हजार नगदसहित एक बुङ तास बरामद गरी आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीको लागि इप्रका दमकमा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।