झापा । झण्डै ६ महिनाको बन्दाबन्दीपछि आन्तरिक तर्फका निजी वायुसेवा कम्पनीहरुले आजदेखि उडान भर्ने लागेका छन ।
बुद्ध एयरका अनुसार सुरक्षित, संक्रमणरहित उडानका लागि तालिम तथा आवश्यक पिपिई उपलब्ध गराइएको छ ।
कोभिडसँग मिल्दाजुल्दा कुनै लक्षण भएका यात्रुलाई हवाई उडानमा पूर्ण निषेध लगाएको छ ।
विमानस्थलमा यात्रुको दोहोरो तापक्रम चेकजाँच, कन्ट्याक्टलेस चेकइन, सामाजिक दुरी, विमान चढ्नु अगावै ह्याण्ड सेनिटाइजेशन तथा हरेक यात्रुलाई मास्क तथा भाइजरको प्रयोग अनिवार्य गरिएको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।