शनिश्चरे । झापाको अर्जुनधारा-५ स्थित बैसाबारीबाट गोरु काटेर खाएको आरोपमा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्थानीय युवाहरू २० बर्षीय ईमन तामाङ, २७ बर्षीय वीरबहादुर दनुवार र २७ कै टिकाराम दनुवार रहेका छन् ।
५ नम्बर वडाध्यक्ष ध्यानबहादुर भारतीको उखुबारीमा हिजो राति गोरु काटेको खबर पाएपछि प्रहरी चौकी शनिश्चरेको टोली घटनास्थल पुगेको थियो ।
उनीहरुले गोरु काटेर टाउको र खुट्टाहरू नजिकै रहेको उखुबारीमा गाडेको फेला परेको प्रहरी चौकी शनिश्चरेका इन्चार्ज सूर्य बस्नेतले बताए ।
प्रहरीले घटनामा संलग्नलाई तत्काल नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय अनामनीमा बुझाएको छ । घटनामा संलग्न अन्य तीन जना फरार रहेको बताइएको छ । उनीहरु बालक रहेको प्रहरी भनाइ छ ।