विराटनगर । प्रदेश १ मा आइतबार थप १७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मोरङमा ८७, सुनसरीमा ६४, झापामा १८, खोटाङमा ५, उदयपुरमा १ र प्रदेशबाहिरका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार आज विराटनगरमा २६ महिला र ४३ पुरुष गरेर ६९ जनामा संक्रमण देखिएको छ । मोरङको कानेपोखरीमा २ महिला र ८ पुरुष, कटहरीमा १ महिला र १ पुरुष, बुढीगंगामा १ महिला र १ पुरुष, धनपालथान, सुन्दरहरैचा, सुनबर्षी र जहदामा १-१ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।

यता, सुनसरीको इटहरीमा १९ महिला र २२ पुरुष, इनरुवामा ६ महिला र ८ पुरुष, बर्जुमा २ महिला र २ पुरुष, देवानगञ्जमा १ महिला र स्थानीयतह नखुलेका २ महिला र २ पुरुष, झापाको बिर्तामोडमा ३ महिला र ७ पुरुष, दमकमा २ महिला र ५ पुरुष, कनकाईमा १ पुरुष, खोटाङको जन्तेढुङ्गामा २ महिला र २ पुरुष, स्थानीयतह नखुलेका १ महिला, उदयपुरको कटारीमा १ पुरुष र प्रदेश १ बाहिरका ४ पुरुषमा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यससँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ७ हजार ६११ पुगेको छ ।

प्रदेश १ मा आज ३६३ जना डिस्चार्ज भएका छन् । होम आइसोलेशनबाट ३४६, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट ८, मेची अस्पतालबाट ७, विराट मेडिकल कलेजबाट २ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या ४ हजार ८८ पुगेको छ ।

प्रदेश १ माआज ६६६ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये ६८ महिला र १११ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।

हालसम्म १ लाख २७ हजार ५५६ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।