बिर्तामोड । झापा बिर्तामोडका एक जना बृद्धको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
उपचारका लागि विराटनगरको नोवेल हस्पिटल विराटनगर लगिएका बिर्तामोड-५ का ८३ वर्षिय बृद्धको हिजो दिउँसो ३.३० बजे मृत्यु भएको हो । ज्वरो र छातीमा समस्या भएर विराटनगर लगिएका ती बृद्धको असोज १८ गते त्यही स्वाब संकलन गरिएको थियो ।
हिजो राति ११ बजे उनको पिसिआर रिपोर्ट पोजिटिभ आएको हो । मृत्यु भएपछि ती बृद्धमा संक्रमण पुष्टि भएको हो ।
उनले लाश लैजानका लागि नेपाली सेनालाई बोलाइएको जानकारी दिए । योसँगै झापा कोरोना संक्रमणका कारण मृत्यु हुनेको सँख्या १० पुगेको छ ।