झापा । अर्जुनधारा नगरको पुरानो शनिश्चरे बजारको सोमबार सरसफाइ गरिएको छ ।
अर्जुनधारा सरसफाइ अभियानको नियमित तालिका बमोजिम सोमबार शनिश्चरे बजार, देवकोटा चोकलगायत क्षेत्रमा सरसफाइ गरिएको हो । सरसफाइ कार्यक्रमा अभियानका सदस्यसँगै नगरका कर्मचारी, शनिश्चरे प्रहरी चौकी, अस्थायी ट्राफिक पोष्टका कर्मचारीको सहभागिता रहेको थियो ।
यस्तै, व्यस्त चोकको रुपमा विकसित भइरहेको अर्जुनधारा ६ स्थित कप्तानबारी चोकमा जेब्रा क्रस निर्माण गरिएको छ । अस्थायी ट्राफिक पोस्ट शनिश्चरेको पहलमा जेब्रा क्रस निर्माण गरिएको हो ।

ट्राफिक पोस्टका इन्चार्ज प्रहरी सहायक निरीक्षक गोकुल आचार्यको नेतृत्वमा जेब्रा क्रस निर्माण भएको हो । कप्ताबारी चोक शनिश्चरे-बिर्तामोड सडक खण्डमा पर्छ । शनिश्चरे क्षेत्रमा पनि जेब्रा क्रस बनाइने भएकाे छ ।