झापा । झापाको कनकाई नगरपालिकास्थित सुरुंगा खोलामा एक युवाको हत्या गरेको आशंकामा प्रहरीले केही युवालाई पक्राउ गरेको छ ।आज बिहान अनुहार र टाउकोमा धारिलो हतियार प्रयोग गरेको अवस्थामा कनकाई ३ का अभिषेक चौधरीको शव फेला परेको थियो । घटनामा संलग्न भएको आशंकामा प्रहरीले अनुसन्धानका लागि केही युवालाई नियन्त्रणमा लिएको हो ।

अभिषेक चौधरीको शव हत्या भएको आशंकामा प्रहरीले धरानबाट ल्याएको लैला र टिकु नामक कुकुर प्रयोग गरेर घटनामा संलग्नको खोजी गरिएको छ । घटनामा संलग्न भएको आशंकामा केही युवालाई अनुसन्धानका लागि नियन्त्रणमा प्रहरीले लिएको छ ।

लैला र टिकुले घटनास्थलबाट पूर्व खोला पारी १ किलोमिटरसम्म टाढा पुगेर एउटा सानो खोल्सासम्म प्रहरीलाई पुर्याएको छ । हत्यामा संलग्नहरुले खोल्सासम्म पुगेर धोइपखाली गरेर भागेको हुन सक्ने अनुमान गरिएको छ ।

सुरुङा खोला किनारको बाँस घारीमा विहानै घाँस काट्न जानेहरुले शव देखेका थिए । मंगलवार राति ९ बजे साथीहरुसँग हिँडेका चौधरीको विहान शव भेटिएको थियो । प्रहरीका अनुसार युवकको शव पोष्टमार्टका लागि धरान पठाइएको छ ।