झापा । अर्जुनधारा ६ का जनप्रतिनिधि अर्जुन मेचेले आफ्नो जन्मदिनमा यहाँस्थित अपांग बाल शिक्षा सरोकार केन्द्रलाई खाद्यान्न प्रदान गरेका छन् ।
मेचे समाजका अध्यक्ष सन्तोष मेचेको अध्यक्षतामा भएको अनौपचारिक कार्यक्रममा जनप्रतिनिधि मेचेले खाद्यान्न प्रदान गरेका हुन् । उनी अर्जुनधारा नगर खेलकुद विकास समितिका संयाेजक पनि हुन् ।
यस्तै, उनका सहोदर दाजु अशोक मेचेले नगद १० हजार प्रदान गरेका छन् । विदेशमा रहेका अशोक मेचेले पठाएको नगद आजै केन्द्रलाई उपलब्ध गराइएको हो ।
सो कार्यक्रममा स्थानीय राजेश आचार्य, सोम गौतम, केशवराज पन्त र हेम श्रेष्ठको उपस्थिति रहेको थियो ।