इलाम । माइ नगरपालिका १ बिहीबारे निवासी शिक्षक पुष्पलाल राईको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले १ जनालाई पक्राउ गरेको छ । प्रहरीले सोही स्थानका ४५ वर्षीय पदमबहादुर राईलाई पक्राउ गरेको हो ।
४६ वर्षीय शिक्षक राईको शव असोज २९ गते पदमबहादुर राईको घर नजिकै भेटिएको थियो । अनुसन्धानको क्रममा पदमबहादुर पक्राउ परेको र उनले आफूले हत्या गरेको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
शिक्षक राईको शव भेटिएको भन्ने सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख नवीनराज राईको कमाण्डमा प्रहरीको टोली घटनास्थल पुगेको थियो । मृतकको घाँटीको पछाडिको भाग धारिलो हतियारले काटिएको अवस्थामा थियो । कान्तिपुरबाट