अच्युत सुवेदी,
बिर्तामोड । हल्दिबारी गाउँपालिका माछामा झापा जिल्लालाई नै आत्मनिर्भर बनाउनेतर्फ उन्मुख भएको छ । हल्दिबारीको दृष्टि कृषि र पर्यटनमार्फत समृद्धि भन्ने अभियानमा लागिपरेका जनप्रतिनिधिले आगामी पाँच वर्षभित्र ‘हल्दिबारीको बाचा झापाभरि माछा’ कार्यक्रमलाई कार्यान्वयनमा ल्याउने योजनालाई निरन्तरता दिइरहेका छन् ।
किसान पनि विदेशमै माछापालन व्यवसायबाट आत्मनिर्भर हुन पाउँदा खुसी भएको महसुस गरिरहेका छन् । स्थानीय तहमा जनप्रतिनिधि आएपछि किसानलाई अनुदान लगायतका कुरामा सहजता ल्याएको हल्दिबारी ४ का किसान सैलेन्द्र सिटौला बताउँछन् ।
धान, मकैलगायत अन्य बालीभन्दा माछापालनमा राम्रो आम्दानी हुने भएर पनि किसानहरु यसतर्फ आकर्सित भइरहेका छन् । स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने हो भने राम्रो आम्दानी लिन सकिने माछापालन व्यवसायमा लागेकाहरु बताउँछन् । स्थानीय सरकारले पनि माछापालनमा राम्रा योजना बनाएको बताउने किसानहरु बजारको समेत व्यवस्था गरिदिन हल्दिबारी २ का किसान सञ्जिव राई बताउँछन् ।
हल्दिबारी गाउँपालिकाले पालिकाभित्र माछा ब्लक कार्यक्रम नै सञ्चालन गरिरहेको छ । ब्लक कार्यक्रममार्फत गत आर्थिक वर्षमा प्रदेश सरकारमार्फत हल्दिबारीमा बजेट छुट्टिएको थियो । जसमा कोरोना भाइरसको समस्या र त्यसपछि अत्यधिक वर्षा भएका कारण पालिकाले २८ लाख रुपैयाँ मात्र सदुपयोग गरेको छ ।
यस वर्ष व्लक कार्यक्रम मार्पmत हल्दिबारीमा ३ लाख रुपैयाँ बजेट छुट्टिएको छ । माछा पकेट कार्यक्रम मार्पmत हल्दिबारीले ५ लाख रुपैयाँ बजेट छुट्याएको छ भने उक्त रकमबाट स्थानीय किसानलाई धेरै राहत मिलेको माछा व्लक कार्यक्रम हल्दिबारीका अध्यक्ष कृष्णप्रसाद प्रसाइँ बताउँछन् ।
हालसम्म हल्दिबारी गाउँपालिकाभित्रका ४८ जना माछापालक कृषक पालिकामा सूचीकृत भइसकेका छन् । अन्य धेरै क्षेत्रफलमा माछापालन भए पनि लगभग ५० बिगाह क्षेत्रफल अहिले स्थानीय तहमा सुचीकृत छ । गाउँपालिकाले नयाँपोखरीको बिस्तारमा बिशेष फोकस गरेको र यान्त्रिकिकरणलाई जोड दिएको हल्दिबारी गाउँपालिका कृषि तथा पशु सेवा शाखा प्रमुख सानुमाया श्रेष्ठ बताउँछिन् ।