इलाम । देउमाई नगरपालिकाको मंगलबारे बजार अनिश्चितकालका लागि बजार क्षेत्र सिल गर्ने निर्णय भएको छ ।

बजार आसपास क्षेत्रका दुई जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएपछि कन्ट्रयाक ट्रेसिङको नतिजा नआएसम्मको लागि मंगलबारे बजार सिल गरिने भएको हो ।

शुक्रबार मंगलबारे बजार क्षेत्रका सरोकारवाला, व्यक्ति, उद्योग वाणिज्य संघ, स्थानीय प्रशासन र नगरपालिकाको संयुक्त छलफलले भोलि कार्तिक २२ गते बिहान ६ बजेदेखि कोरोना परीक्षणको नतिजा नआएसम्म मंगलबारे बजारको चाँपे खोलादेखि बुधबारेको देवीडाँडासम्मको क्षेत्र पुर्णरुपमा सिल गर्ने निणर्य भएको देउमाई नगरपालिकाद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ ।